२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

शतप्रतिशत हकप्रद जारी गर्दै युनाइटेड मोदी हाईड्रोपावर

१४ फागुन, काठमाडौँ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपात(शतप्रतिशत)मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले साधारण सभाबाट पारित गरी हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बाेलाएकाे छ  । उक्त सभामा कम्पनीको हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गरिनुका साथै हकप्रद निष्कासनका लागि कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधकिो वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ चैत ६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहने सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : 14:16