२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन, सेयर पाउन भाग्यकै भर !

१३ फागुन, काठमाडाैँ । सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे थियाे ।

सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन अर्थात आइतबार साँझ ५ः०७ बजेसम्ममा कम्पनीकाे आईपीओमा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको १ लाख ५६ हजार २०७ जनाले ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ३.१२ गुणा बढी आवेदन हाे ।

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे । कम्पनीले आज (आइतबार) बाट कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा लगानीकर्ताले छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 17:47