२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

अस्पतालमै शिशु छोडेर आमा बेपत्ता

१३ फागुन, काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै एक जना महिला नवजात शिशु छाडेर बेपत्ता भएकी छिन् ।फागुन १२ गते एक जना महिलाले अस्पतालमा शिशुलाई जन्मदिएकी थिइन् । सोही दिन साँझ ती महिला र उनको सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएको प्रहरीले बताएको छ ।

रानीघाट(६ वीरगञ्जको ठेगाना अस्पतालमा टिपाएका उनीहरुले आफूहरुसँग मोबाइल नभएको जनाएका थिए । उनीहरूले नाम र ठेगाना समेत गलत टिपाएको प्रहरीले जनाएको छ । सीसी टीभी फुटेज लगायतका आधारमा शिशुको आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १७:२८