१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

१३ फागुन, काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्तले सेयरधनीका लागि लाभांश नबाँड्ने भएको छ । कम्पनीले आर्थिक बर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीका लागि लाभांश वितरण नगर्ने भएको हो । यो बर्ष सेयरधनीको हात खाली हुने भएको छ ।

कम्पनीको फागुन १२ गते सम्पन्न संचालक समितिको बैठकले उक्त आर्थिक बर्षको लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ११:२६