२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

घरमाथि लरी पल्टिँदा एकै परिवारका दाजुबहिनीसहित तीन जनाको मृत्यु

११ फागुन, काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालबहाक ट्रक (लरी) घरमाथि पल्टिँदा तीन जनाएको मृत्यु भएको । लहरी घरमाथि पल्टिदा किचिएर निशान्त अधिकारी,  इसिता अधिकारी र रिहा खवासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

तस्बिरः सामाजिक सञ्जाल

मृतक मध्ये इसिता र निशान्त जुम्ल्याहा दाजुबहिनी हुन्। शुक्रबार बिहान आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी मार्बल बनाउने कच्चा पदार्थ (ढुंगा) बोकेर जाँदै गर्दा प्रगती टोलमा पल्टिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १४:००