प्रभु बैंकको ७ लाख ५३ हजार कित्ता सेयर बिक्रीमा
११ फागुन, काठमाडौँ । प्रभु बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको अवधिभित्र बिक्रीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०९:५२