१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

प्रदेश ३ काे  राजधानीकाे विषयमा सहमति नहुँदा प्रदेशसभा  बैठक अनिश्चित

५ मंसिर, मकवानपुर । देश ३ काे  राजधानीकाे विषयमा सहमति नहुँदा प्रदेशसभा  बैठक अनिश्चित बनेकाे छ । गत  २२ असोजमा प्रदेशसभामा स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन पेस गरेपछि बैठक बस्न सकेकाे छैन । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो ।

प्रदेशको राजधानी हेटौंडा कि काभ्रे भन्ने विषयमा बढी विवाद भएकाे बताइएकाे छ । स्थायी राजधानी टुंगो लगाउने उद्देश्यले प्रदेश सांसदबीच अनौपचारिक छलफल भए पनि अहिलेसम्म सहमति जुटेको छैन । प्रदेशसभामा एकल बहुमत रहेको नेकपाभित्रै प्रदेश राजधानीको विषयमा विवाद भएकाले राजधानीको टुंगो लगाउने जिम्मा नेकपा केन्द्रीय नेतृत्वसमक्ष पुगिसकेको छ ।

राजधानीको बिषय सहमतिबाटै टुङ्गो लगाउन मुख्यमन्त्री डोरमणि पौडेल र केही मन्त्रीहरु नेकपाका नेतृत्व, शीर्ष नेताहरुसँग अनौपचारिक छलफलमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १७:२५