नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत
१० फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा घलेम्दी हाइड्रोको हकप्रद सेयर र मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद बापतको १ करोड १० लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
त्यस्तै,नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस बापतको ९ लाख ६४ हजार ९५१.३६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।सूचीकृतपश्चात् उक्त बैंकको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।
प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १२:२३












