१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मर्जरपछि सामुदायिक र बिपिडब्लु लघुवित्तको एकिकृत कारोबार मिति तय

१० फागुन, काठमाडौँ ।  मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन २४ गतेबाट हुने भएको छ । सामुदायिक लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो  ।

नेपाल राष्ट्र बैंकले गत माघ २४ गते , नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते अलग अलग बसेको विशेष साधारण सभाबाट १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको सामुदायिककाे केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार ११:१६