१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

देउवाले कांग्रेसलाई विधान विपरीत चलाएकाे नेता प्रकाशमानको अाराेप

५ मंसिर, रुपन्देही । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन् । नेता सिंहले नेपाली कांग्रेसकाे विधानमा दुई जना उपसभापति राख्ने ब्यवस्था नै नभएको र नेतृत्वले विधान विपरीत बहुमतको आडमा मनपरी गरेको अाराेप लगाएका हुन् ।


पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले जनतालार्इ चित्तबुझ्ने काम नगरेकाले आम चुनावमा कांग्रेसले हार व्यहाेरेकाे समे बताए । नेता सिंहले अब सबैलाई समेट्ने तथा विधिविधान अनुसार चल्ने नेतृत्व कार्यकर्ताले खोजेको उनले बताउँदै सिंहले वर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाए ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १४:०६