२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सामान्य अंकले घट्यो नेप्से, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

८ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा झरेको छ। मंगलबार ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको ९३ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि आज दुई कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोडभन्दा बढीकोसेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 15:19