२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सानीमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने

५ मंसिर, काठमाडाैँ । सानिमा बैंक लिमिटेडले १४ प्रतिशत नगद लाभांश दिने भएको छ । यही मंसिर २७ गते आयोजना हुने १४ औं वार्षिक साधारण सभामा बैंकले १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्न लागेको हो ।

साधारणसभाका लागि बैंकले मंसिर १४ गते एक दिन शेयरधनी दर्ता पुस्तिका समेत बन्द गर्ने भएको छ । बैङ्कको मङ्सिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सानिमा बैंकको हालको चुक्तापूँजी रू. ८ अर्ब १२ लाख रहेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १३:०५