१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

अब नेपालीले सहजै भारतीय सीमकार्ड पाउने

८ फागुन, काठमाडाैँ ।  अबदेखि नेपालीले भारतीय सीमकार्ड सहजै प्राप्त गर्ने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जालमार्फत् अबदेखि नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सीमकार्ड पाउने जनाएका हुन्।

यसअघि भारतले प्राविधिक कारण भन्दै नेपाली नागरिकहरुलाई सीमकार्ड दिन रोक लगाएको थियो । लामो समयदेखि काम गरिरहेका र आधार कार्ड भएका नेपालीलाई भने सीम उपलब्ध गराइन्थ्यो । घुम्न वा काम विशेष कामले जानेहरुले भने चिनजानका माध्यमबाट भारतीय सीमकार्ड मागेर चलाउनुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १३:५८