४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

फागुनमा १६ कम्पनीको साधारण सभा हुँदै, ११ कम्पनीले सेयरधनी बनाए निराश

७ फागुन, काठमाडाैँ । फागुन महिनामा १६ वटा कम्पनीले सभा बोलाएका बाेलाएका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरूले पुस मसान्तसम्म नै साधारणसभा सक्नुपर्ने भए पनि केही कम्पनीहरूले सभा बाेलाउने क्रम जारी छ । फागुनमा सभा बाेलाउने कम्पनीमध्ये ११ वटा कम्पनीले सेयरधनीको हात खाली पार्दै निराश बनाएका छन् भने ५ कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेका छन् ।

१) एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले फागुन १८ गते साधारण सभा बाेलाएकाे छ । कम्पनीले सेयरधनीलाई लाभांश सहित हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न सभा बाेलाएकाे हाे ।

कम्पनीले गत आर्थिक बर्षकाे नाफाबाट ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद सेयर समेत निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ ।

२) आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २० गते साधारण सभा बाेलाएकाे छ । कम्पनीले सेयरधनीका लागि कुनै पनि लाभांश प्रस्ताव गरेकाे छैन्।

३) हिमालयन रिइन्स्योरेन्स

हिमालयन रि इन्स्योरेन्सले फागुन २० गतेका लागि सभा बोलाएको छ । सभाले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

४)  कालिका लघुवित्त वित्तीय संस्था

 कालिका लघुवित्त वित्तीय संस्थाले फागुन २४ गतेका लागि सभा बोलाएको छ । कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

५) स्वाभिमान लघुवित्त वित्तीय संस्था

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाउँदै फागुन ११ गतेका लागि सभा बोलाएको छ ।

६) नेरुडे लघुवित्त वित्तीय संस्था

नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाउँदै फागुन ११ गतेका लागि सभा बोलाएको छ ।

७) सबैको लघुवित्त वित्तीय संस्था

सबैको लघुवित्त वित्तीय संस्थाले फागुन १९ गतेका लागि सभा बोलाएको छ । यस कम्पनीका सेयरधनीकाे पनि हात खालि हुने भएकाे छ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेकाे छैन् ।

८) निर्धन उत्थान लघुवित्त वित्तीय संस्था

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ११ गते साधारण सभा बाेलाएकाे छ । यस कम्पनीले पनि सेयरधनीकाे हात खाली बनाएकाे छ ।

९) मिर्मिरे लघुवित्त वित्तीय संस्था

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन १४ गतेका लागि साधारण सभा बोलाएको छ । कम्पनीले पनि सेयरधनी निराश बनाएकाे छ ।

१०) मल्टीपर्पस फाइनान्स कम्पनी

सेयरधनीको हात खाली बनाएको मल्टीपर्पस फाइनान्स कम्पनीले फागुन १८ गते सभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि फागुन ६ गते बुक क्लोज गरेको छ । फागुन ५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

११) सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स

सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सले फागुन ३० गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ फागुन १० गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

१२) युनाइटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर

युनाइटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावरले फागुन १७ गते साधारण सभा बाेलाएकाे छ । कम्पनीले सेयरधनीका लागि ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकाे छ ।

१३) साधना लघुवित्त वित्तीय संस्था

साधना लघुवित्त वित्तीय संस्थाले फागुन १९ गतेका लागि साधारण  सभा बोलाएको छ । कम्पनीले सेयरधनीका लागि कुनै पनि लाभांश प्रस्ताव गरेकाे छैन् ।

१४) महिला लघुवित्त वित्तीय संस्था

महिला लघुवित्त वित्तीय संस्थाले फागुन २७ गतेका लागि सभा बोलाएको छ ।  कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

१५) विन नेपाल लघुवत्ति

विन नेपाल लघुवत्तिले सेयरधनीको हात खाली बनाउँदै फागुन २९ गते साधारण सभा बोलाएको छ ।

१६) स्वरोजगार लघुवित्त वित्तीय संस्था

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन २६ गते साधारण सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ७.०३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १७:३०