१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

७ फागुन, काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ । सो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले आगामी चैत ११ गतेभित्र ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रिय कार्यालय वा प्रभु बैंक बबरमहलमा खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १२:५१