नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
६ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा एसियन लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको मूल्य समायोजन भएकाे हाे ।
नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६२० रुपैयाँ २९ पैसा हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार ६४५ रुपैयाँ १० पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।
त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ७.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६१६ रुपैयाँ ८० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार ६६४ रुपैयाँ ६० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा यी दुवै कम्पनीको मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १६:४५












