४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

आइताबार नेप्सेसँगै घट्यो कारोबार रकम, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

६ फागुन, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइताबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइताबार ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

आइतबार दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १५:१७