२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो अफर, यस्ता छन् सुविधा

६ फागुन, काठमाडाैँ ।  नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न प्रकारका अफर ल्याएको छ । टेलिकमले शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको हो ।
यो अफर आज फागुन ६ गतेदेखि सुरु भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।

यो अफरअन्तर्गत यस्ता छन् सुविधा

१. साविक बमोजमको फ्री रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

२. एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको यियर्ली वान एयर टाइम (Yearly One Time) प्याकेज र कम्बो यियर्ली वान टाइम (Combo Yearly One Time) प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

३.कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामीफागुन १२ गतेसम्मआफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी यीप्याकहरु उपयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १४:३४