२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सिभिल हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

६ फागुन, काठमाडौँ । सिभिल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको सभा फागुन २८ गते रजिष्टर्ड कार्यालय, पोखरा ७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने  प्रस्ताव पेश गर्नेछ ।

साथै,सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ ।

प्रकाशित मिति : 11:59