२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

सरस्वतीनगर सुधार संघको १५ औं साधारणसभा

५ फागुन, काठमाडाैँ । काठमाडौ महानगर पालिका वडा नं ६ स्थित सरस्वती नगर सुधार संघले शनिवार १५ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा संघका विभिन्न पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । साधारण सभाले ६ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । उक्त कोषमा वर्षेनी रकम बढाउँदै लैजाने निर्णय गरिएको छ ।

कोषको रकम विपन्न विद्यार्थीको शिक्षा लगायत अन्य संकटका अवस्थामा प्रभावितहरुलाई खर्च गरिने संघका अध्यक्ष पेशलकुमार पहाडीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले वडाको विकासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनु भयो । सरस्वतीनगर सुधार संघ अन्तर्गत कपन क्षेत्रका २ हजार २ सय घरधुरी रहेका छन् । त्यस क्षेत्रमा खानेपानी, ढल, बाटो, बत्ती जस्ता सुविधाका लागि संघले वडालाई सघाउँदै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार २१:४०