२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

रोयल्टी र आरटीडिएफ रकम बुझाउन प्राधिकरणको ताकेता, डिसहोम र भायानेटले पनि तिरेनन

४ फागुन, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा उपलब्ध गराए बापत सरकारलाई बुझाउनु पर्ने राजस्व नतिरेका ९० वटा इन्टरनेट सेवा प्रदायकहरूको नाम सार्वजनिक गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को अडीटेड वित्तीय विवरणअनुसार बुझाउन पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष (आरटिडिएफ) वापतको रकम बुझाउन निर्देशन दिएको हो ।

रोयल्टी र दस्तुर नतिर्ने सूचीमा भायानेट, वेबसर्फर, ब्रोडलिंक, सीजी कम्युनिकेसन, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन, टेकमाइन्ड्स, वाइफाइ नेपाल, स्काइलिंक लगायत ९० वटा सेवा प्रदायक रहेका छन् ।

यसअघि २०८० पुस मसान्तभित्र बुझाउन पत्राचार गरिए पनि हालसम्म राजस्व दाखिला नभएकाले २०८० फागुन मसान्तभित्र नियमानुसार लाग्ने २ महिनाको थप दस्तुर सहित रकम बुझाउन प्राधिकरणले ताकेता गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १४:२३