७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

सुनसरीकाे बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको गोली हानी हत्या

५ मंसिर, सुनसरी । सुनसरीको दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको बुधबार बिहान ६ः३० बजे अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र न्यूरो अस्पताल विराटनगरमा उपचारका मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने नखुलेको र प्रहरीले घटनाबारे  अनुसन्धान शुरु गरेको जनाएको छ । हुसेनको शव अहिले उनकै निवासमा राखिएको पनि प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १०:४२