२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

ललिता निवास प्रकरणः कांग्रेसका नेता विजय गच्छदारसहित तीन पूर्व मन्त्रीलाई सफाइ

३ फागुन, काठमाडौँ । विशेष अदातलले ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित तीन मन्त्रीलाई सफाई दिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अन्तिम फैसला गर्दै बिहीबार विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलाशले कांग्रेस नेता गच्छेदारसहित पूर्वमन्त्री पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई सफाइ दिने फैसला गरेको हो ।

विशेषले सो समयमा मन्त्रालयका सचिवहरू दिप बस्न्यात र छविराज पन्तलाई भने भ्रष्टाचारी ठहर गरेको छ । ललिता निवासको जग्गा प्रकरणका हाइप्रोफाइ अभियुक्त भनेर चर्चामा आएका पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाइ अख्तयारले मुद्दा दर्ता गर्दा नै सफाइ दिएको थियो भने विशेषले बिहीबार अन्य तीन मन्त्रीलाई सफाइ दिएको छ ।

आफ्नो अधिकारक्षेत्रमै नपर्ने बालुवाटारको जग्गासम्बन्धी प्रस्ताव गच्छदारले उपप्रधान तथा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री छँदा मन्त्रिपरिषदमा लगेको अख्तियारको अभियोग थियो। उनले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रमा हस्तक्षेप गरी अख्तियारको दुरुपयोग गरको अभियोग थियो । अदालते त्यसमा नजरअन्दाज गरेर निर्दोष ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा हडपेर भ्रष्टाचार गरेको निष्कर्षसहित २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १९:४८