२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

ललिता निवास प्रकरणः भाटभटेनीका मीनबहादुर गुरूङ दोषी ठहर, २ वर्ष कैद हुने

३ फागुन, काठमाडाैँ । विशेष अदालतले ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दोषी ठहर गरेको छ । अदालते उनलाई २ वर्ष कैद हुने फैसला समेत गरेको छ ।

बिहीबार विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलाशले विभिन्न मितिमा विभिन्न व्यक्तिको नाममा पुगेको १४३ रोपनी सरकारी जग्गा जफत हुने र उक्त हिनामिना प्रकरणमा महत्वपूर्ण भूमिका खेलेका गुरूङलाई २ वर्ष कैद गर्ने फैसला गरेको हो । विशेषले २०७७ माघ २१ गते २ करोड धरौटी माग गरेपछि छुटेका मीनबहादुर दोषी ठहर भएका हुन ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बिहीबार अदालतको फैसलापछि पत्रकार सम्मेलन गर्दै ललिता निवासको १४३ रोपनी सरकारी जग्गा जफत हुने ठहर भएको जानकारी दिए । जग्गा जफत भएकाहरूमाथि भने अन्य कुनै कारबाही नहुने अदालतको फैसलामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १९:२६