२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

ललिता निवासको १४३ रोपनी जग्गा जफत हुने विशेष अदालतको फैसला

३ फागुन, काठमाडाैँ । विशेष अदालतले ललिता निवासको १४३ रोपनी सरकारी जग्गा जफल हुने फैसला गरेको छ । बिहीबार विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलाशले विभिन्न मितिमा विभिन्न व्यक्तिको नाममा पुगेको १४३ रोपनी सरकारी जग्गा जफत हुने फैसला गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बिहीबार अदालतको फैसलापछि पत्रकार सम्मेलन गर्दै ललिता निवासको १४३ रोपनी सरकारी जग्गा जफल हुने ठहर भएको जानकारी दिए । जग्गा जफत भएकाहरूमाथि भने अन्य कुनै कारबाही नहुने अदालतको फैसलामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १९:१५