२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

करेन्ट लागेर १७ वर्षीय युवकको मृत्यु

१ चैत, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आज करेन्ट लागेर १७ वर्षीय नरेश भट्टको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार खेतमा पानी लगाउने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर घाइते भएका भट्टको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।रासस

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार २०:१६