नेप्सेमा सूचीकृत कम्पनीहरुको वर्गिकरण, समूह ‘ए’मा ३१ कम्पनी (सूचीसहित)
३ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो। नेप्सेले सूचीकृत कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा वर्गीकरण गरेको छ।
‘ए’ समूहमा ३१ वटा कम्पनी परेका छन् । त्यस्तै, ‘बी’ समूहमा ३५ वटा संस्था रहेका छन् भने ‘जी’ समूहमा ७० कम्पनी रहेका छन् । साथै, समूह ‘जेड’ मा १३५ वटा कम्पनी परेका छन् ।
सार्वजनिक गरिएको वर्गीकरणमा परेको संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न नेप्सेले अनुराेध गरेकाे छ ।
हेर्नुहोस्, कुन कम्पनी कुन वर्गमा ?
प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १६:१६












