६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेप्से र कारोबार रकम दुबै घट्यो, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

३ फागुन, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा बन्द भएकाे छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा यस दिन ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर काराेबार भएकाे हाे।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १५:१४