२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

दुई कम्पनीले २९ करोडको आईपीओ निष्कासन गर्दै, बोर्डमा दिए आवेदन

३ फागुन, काठमाडौँ । दुई कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएका छन् । हिम रिभ पावर लिमिटेडले र पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

हिम रिभर पावरले १३ करोड ३० लाख रुपैयाँको १३ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, पियोर इनर्जीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 14:02