७२ रुपैयाँमा कारोबार खुलेको समाज लघुवित्तको सेयर मूल्य १५०० पुग्यो
३ फागुन, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १५ सय रुपैयाँमा पुगेको छ । नेप्सेमा सूचीकृत भएको तीन वर्षपछि दोस्रो बजारमा कारोबारमा आएको यस लघुवित्तको ७२ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको थियो ।
लघुवित्तले तीन वर्षअघि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गरेको थियो । तर, दोस्रो बजारमा सूचीकृतपश्चात् लघुवित्तको सेयर कारोबार अंकित मूल्यभन्दा कममा भएकाे थियाे । दोस्रो बजारमा अधिकांश कम्पनीको पहिलो कारोबार अंकित मूल्यभन्दा बढीमा नै हुने गरेको छ । तर, समाज लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७२ रुपैयाँमा भएकाे थियाे ।
तर कारोबारमा आएपछि निरन्तर रुपमा बढेको यस कम्पनीकाे सेयर आज बिहीबारको बजारमा प्रतिकित्ता १४८६.६० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लाे कारोबार दिनमा कम्पनीकाे सेयरमा दैनिक सकारात्मक सर्किट लागेकाे छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १२:५५












