२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नुवाकोट महोत्सवमा तारकेश्वर गाउँपालिकाले किनेको स्टल नै गायब

३ फागुन, नुवाकोट । नुवाकोट महोत्सवमा तारेकश्वर गाउँपालिकाले किनेको एक स्टल नै गयब भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भैरहेको महोत्सवमा मंगलबारसम्म सामान राखेर बेचिरहेको टेबुल र कुर्सी बुधबार गायब भएको हो ।

आयोजहरूले नै बदमासी गरेर त्यो स्टल गायब बनाएको गाउँपालिका स्रोतले बताएको छ । गाउँपालिकाले आफ्नो पालिकाका किसानले उत्पादन गरेको कृषि उपज प्रदर्शनीमा राख्नका लागि स्टल किनेको थियो । तर आयोजकले बेइजतीपूर्ण तवरले बुधबार स्टल नै गायब पारेका हुन । आयोजकले स्टबल नै गायब पारेपछि तारकेश्वरकी एक किसान आफ्नो उत्पादन भूइँमै राखेर बसेकी छिन । तस्बिरः नवराज घिमिरे

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १२:२९