२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

दुर्घटना न्यूनीकरण गरी सडक यातायात सुरक्षित बनाउन विष्णु पौडेलको आग्रह

३ फागुन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेलले दुर्घटना न्यूनीकरण गरी सडक यातायात सुरक्षित बनाउन आग्रह गरेका छन । दिनहुँ जस्तो दुर्घटनामा परेर नागरिकको ज्यान जान थालेपछि बिहीबार बिहानै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन ।

पछिल्लो समय भैरहेको दुर्घटनाहरू सडकको दुरावस्था र मानवीयक कारणमै रहेकोतर्फ संकेत गर्दै पौडेलले भनेका छन, ‘पछिल्ला दिनहरूमा सडक दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुनेक्रम तिब्र भएको छ । मंगलबार पाल्पामा र बुधबार राति महेन्द्रनगरबाट काठमाण्डौं आउॅदै गरेको यात्रुबाहक बस कपिलवस्तुको सुरइमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनु हुने मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्दछु साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । दुर्घटना न्यूनीकरण गर्न र सडक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्दछु ।’

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १०:१९