२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

छुट्ला है ! एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ फागुन, काठमाडौँ । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज फागुन ३ गते बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली फागुन ४ गते बुकक्लोज गर्दैछ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले फागुन १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : 09:43