२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा भीरबाट खस्यो, १० को मृत्यु, ३० जना घाइते

३ फागुन, काठमाडौँ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस मध्यरातमा कपिलवस्तुमा भीरबाट खसेको छ । दुर्घटनामा १० को घटनास्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन । घाइते मध्ये केही अवस्था गम्भीर रहेको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस भीरबाट खसेको हो । सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति १ बजे सडकबाट २ सय मिटर तल खसेको छ ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार हुँदैछ । चालक निदाएका कारण बस भीरबाट खसेको अनुमान गरिएको छ । बस भीरबाट खस्नु अघि निकै तिव्र गतिमा हुइकिएको यात्रुहरूले बताएका छन ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ०७:१०