नेप्सेमा दुई कम्पनीको बोनस सेयर सुचिकृत
२ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीकाे बोनस शेयर सुचिकृत भएको छ । नेप्सेमा आज चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रपावरको बोनस सेयर सुचिकृत भएको छ ।
नेप्सेमा चिलिमे हाइड्रोको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १ सय ८० कित्ता बोनस सेयर सुचिकृत भएको हाे । त्यस्तै, सानिमा माई हाइड्रोको १० प्रतिशतले हुन आउने ३० लाख ८९ हजार २ सय ५१ कित्ता बोनस सेयर सुचिकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १७:२८












