६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

त्रिशुली जलविद्युत कम्पनी १ करोड ८६ घाटामा, प्रतिसेयर आम्दानी ऋणात्मक

२ फागुन, काठमाडाैँ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिसम्म पनि कम्पनी १ करोड ६२ लाख रुपैयाँ घाटामै रहेको थियो ।

कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । त्रिशूली जलविद्युतको चुक्ता पुँजी १ अर्ब ७८ करोड ९१ लाख ६२ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङ २२ करोड ५ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८४.६८ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १६:३१