५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा सुधार, पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट

२ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर किनबेच भएकाे छ ।

बुधबार पाँच कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्सकाे सबैभन्दा बढी काराेबार भएकाे छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १५:३०