२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

एनएमबी लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

२ फागुन, काठमाडौँ। एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि भने सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियो ।

प्रकाशित मिति : 10:16