२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सिंगटी हाइड्रोको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

२ फागुन, काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (फागुन २ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको हो। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : 09:53