२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बज्र ग्रुपको भ्यालेन्टाइन स्किमः कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार

१ फागुन, काठमाडाैँ । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम योजना सार्वजनिक गरेको छ । प्रणय दिवसको अवसर पारेर कम्पनीले यो योजना सार्वजनिक गरेको हो ।

यो स्किम योजना अन्तर्गत वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औँठी उपहार पाउनेछन । यो स्किम निश्चित समय को लागि लागु हुने कम्पनीले जनाएको छ ।

वुलिंग गाडी २०० किमी र ३०० किमी मा उपलब्ध रहेको छ । ग्राहकहरुले यो कार कम्पनीको नक्साल र भैसेपाटीमा रहेको शोरुमबाट खरिद गर्न सक्नेछन् । यो गाडीमा ८ बर्ष को वारेन्टी प्राप्त गर्न सकिनेछ र यसमा फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

लेभ्निंग स्कुटर भने नेपाल भरिको मुख्य मुख्य सहरहरुमा रहेको शोरुमबाट खरिद गर्न सकिनेछ । यो स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ । जसको सुरुवाति मूल्य १ लाख १५ हजार रुपैयाँबाट सुरु हुन्छ । यो स्कुटर मा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १४:३६