२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस

१ फागुन, काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ।ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती कम्पनीलाई कालोसूचीमा राख्न लागेकाे हाे ।

लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन लगायत निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्न सिफारिस गरिएकाे हाे । कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना ३० दिनिभित्र लिखित स्पष्टीकरण बुझाउन ती निर्माण व्यवसायीहरूलाई अनुराेध गरिएकाे छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १४:२८