७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

नेको इन्स्योरेन्सको आम्दानी १९.४२ प्रतिशतले बढ्यो

१ फागुन, काठमाडाैँ । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दाेसाे त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार दाेसाे त्रैमाससम्ममा आम्दानी १९.४२ प्रतिशतले बढेको छ ।

गत आवको पुस मसान्तसम्ममा कम्पनीले ९६ करोड ३८ लाख ४६ हजार आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १५ करोड १० लाख २३ हजार कुल आम्दानी गरेको छ ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले खुद नाफा २२ करोड १२ लाख ६४ हजार रुपैयाँ गरेको छ । जुन नाफा गत वर्षको तुनामामा १५.२३ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले १९ करोड २० लाख २५ हजार मात्र खुद नाफा गरेको थियो ।

इन्स्योरेन्सले ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख ३७ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ र विशेष जगेडामा १ अर्ब ८६ करोड ५६ लाख २ हजार रुपैयाँ रहेकाे छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ पैसाले बढेर २१ रुपैयाँ ९९ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १२:५४