१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा

१ फागुन, काठमाडौँ । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रा लि नेपालका लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।

कम्पनीले ग्राहकहरूको सहजताको लागि, ग्राहकहरूलाई नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरू मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।

यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स, भक्तपुरमा सञ्चालनमा ल्याएको छ । जसको उद्घाटन एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखो तथा भक्तपुरका स्थानीय ग्राहकमार्फत संयुक्त रूपमा गरिएको छ ।

यसको सुरुवात सँगै अब भक्तपुरका ग्राहकहरूले भक्तपुर अटो पार्ट्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउनेछन् ।’जेसिबी मेशिनहरूलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर “जेसिबीलाई जेसिबी मात्र” भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरको शुरुवात हामीले गरेका हौं र हामीले सुरुवातदेखि नै ग्राहक वर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,’ कम्पनीका प्रतिनिधिले भने ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार ११:५२