२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

एमाले धादिङको अध्यक्ष मण्डलको अध्यक्षमा भानुभक्त ढकाल, गुरू बरालले सदस्य पनि पाएनन्

१ फागुन, धादिङ । नेकपा (एमाले) बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले ‘कु’ गरेर स्थगित भएको नेकपा (एमाले) धादिङको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ । बिहान ११ बजे नै सुरू हुने भनिएको अधिवेशन अहिलेसम्म सुरू हुन सकेको छैन् । पार्टीको संगठन विभागले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षतामा नयाँ अध्यक्ष मण्डलको घोषणा गरेको छ । जसको सदस्यमा सिन्धुली जिल्लाका इन्चार्ज रहेका खेम लोहनी समेत रहेका छन ।

यसअघि माघ २० मा सुरू भएको जिल्ला अधिवेशन लोहनी निकटका नेताहरूकै कारण स्थगित भएको थियो । लोहनी समूहले अधिवेशन दश दिन स्थगित गरेर दश जना प्रतिनिधि र लोहनी स्वयं अध्यक्ष मण्डलको सदस्य हुन सफल भएका छन । यसअघिको अध्यक्ष मण्डलका अध्यक्ष एवं धादिङ इन्चार्ज धर्मदत्त देवकोटा पनि नयाँ अध्यक्ष मण्डलको सदस्य भएका छन ।

यस्तै अध्यक्ष मण्डलको अन्य सदस्यहरूमा माधव ढुंगेल, कैलाश ढुंगेल, नवराज सिलवाल, रमेश लामा, दावादोर्जे लामा, नवराज सिलवाल र जानुका सिंखडा रहेका छन । यसअघि अध्यक्ष मण्डलको अध्यक्ष हुन प्रयत्न गरेर असफल भएका बागमती प्रदेशका इन्चार्ज गुरू बराललले नयाँ अध्यक्षमण्डलको सदस्यको जिम्मेवारी पनि पएनन् । संगठन विभागले निर्वाचन कमिटी समेत आफैँ तोकेको छ । जसमा विश्वराज अधिकारी, तोलाकुमारी पाठक, गोपी अर्याल र सुरथ उप्रेती रहेका छन ।

२०७९ मा भएको स्थानीय र प्रतिनिधिसभा अनि प्रदेशसभाको निर्वाचनमा पार्टीलाई सोत्तर बनाउन अग्राणी भूमिका निर्वाह गरेका लोहनीले गुट रक्षाका लागि ढुंगेलले अधिवेशन माथि ‘कु’ गरेको नेताहरूले बताउँदै आएका छन । उनलाई पार्टीको बागमती प्रदेशका इन्चार्ज गुरू बरालले साथ दिएका थिए । अधिवेशन ‘कु’ गरेर बराल र ढुंगेल माघ २१ गते बिहानै काठमाडौँ हिँडेका थिए ।

एमालेको बागमती प्रदेशका इन्चार्ज गुरू बराल मोरङमा पार्टी भताभुङ्ग बनाउन भूमिका खेलाका र ढुंगेल रामेछापमा पार्टी भताभुङ्ग बनाउन भूमिका खेलाका कारण चर्चामा छन । कैलाशले ‘कु’ पछि पार्टी हेडक्वार्टरको हस्तक्षेप निम्त्याएर अधिवेशन १० दिनपछि पुर्याएका हुन । उनीहरूले केपी शर्मा ओलीको निवासमा पुगेर आवश्यक निर्देशन ग्रहण गरिसकेका छन ।

लोहनी समूहले धादिङमा ओलीका पूर्व स्वकीय सचिव रमेश आचार्यका पिता रामुकुमार आचार्य र लोहनीका भाइ हरिराम लोहनीलाई उपाध्यक्ष र सचिवमा सेट गर्न चाहिरहेको छ । अध्यक्षमा भने वर्तमान अध्यक्ष भूमि त्रिपाठी र बागमती प्रदेश कमिटीका सदस्य डा रामकुमार अधिकारी प्रतिस्पर्धा गर्ने चर्चा छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार ११:४२