१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

१ फागुन, काठमाडाैँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई  लाभांश नदिने भएको छ ।  कम्पनीकाे माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, उक्त बैठकले चैत १ गते संस्थाको ५ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाे छ । सभाले मर्जरको विशेष प्रस्ताव पारित गरिनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गर्ने, ४ जना संस्थापक सञ्चालक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १०:५२