२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

कैलाशले ‘कु’ गरेको एमाले धादिङको अधिवेशन आजदेखि हुने

१ फागुन, धादिङ ।  नेकपा (एमाले) बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले ‘कु’ गरेको नेकपा ९एमाले० धादिङको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ । यसअघि माघ २० मा सुरू भएको जिल्ला अधिवेशन एमाले नेता खेम लोहनी निकटका नेताहरू चुनावबाट बढारिने भएपछि प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले अधिवेशनमाथि ‘कु’ गरेका थिए । मंगलबार बिहान ११ बजेबाट अधिवेशन सुरू हुने अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

२०७९ मा भएको स्थानीय र प्रतिनिधिसभा अनि प्रदेशसभाको निर्वाचनमा पार्टीलाई सोत्तर बनाउन अग्राणी भूमिका निर्वाह गरेका लोहनीले गुट रक्षाका लागि ढुंगेलले अधिवेशन माथि ‘कु’ गरेको नेताहरूले बताउँदै आएका छन । उनलाई पार्टीको बागमती प्रदेशका इन्चार्ज गुरू बरालले साथ दिएका थिए । अधिवेशन ‘कु’ गरेर बराल र ढुंगेल माघ २१ गते बिहानै काठमाडौँ हिँडेका थिए ।

एमालेको बागमती प्रदेशका इन्चार्ज गुरू बराल मोरङमा पार्टी भताभुङ्ग बनाउन भूमिका खेलाका र ढुंगेल रामेछापमा पार्टी भताभुङ्ग बनाउन भूमिका खेलाका कारण चर्चामा छन । कैलाशले ‘कु’ पछि पार्टी हेडक्वार्टरको हस्तक्षेप निम्त्याएर अधिवेशन १० दिनपछि पुर्याएका हुन । उनीहरूले केपी शर्मा ओलीको निवासमा पुगेर आवश्यक निर्देशन ग्रहण गरिसकेका छन ।

लोहनी समूहले धादिङमा ओलीका पूर्व स्वकीय सचिव रमेश आचार्यका पिता रामुकुमार आचार्य र लोहनीका भाइ हरिराम लोहनीलाई उपाध्यक्ष र सचिवमा सेट गर्न चाहिरहेको छ । अध्यक्षमा भने वर्तमान अध्यक्ष भूमि त्रिपाठी र बागमती प्रदेश कमिटीका सदस्य डा रामकुमार अधिकारी प्रतिस्पर्धा गर्ने चर्चा छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार ०८:१२