१२ फाल्गुन २०८२, मंगलवार | Wed Feb 25 2026

सरकारले संशोधन गर्यो बजेटको आकार (पूर्णपाठ)

२९ माघ, काठमाडाैँ । सरकारले बजेटको आकार संशोधन गरेकाे छ । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार संशोधन गरिएको जानकारी दिएका हुन्।

चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताए ।

अर्थमन्त्री महतका अनुसार चालुतर्फ विनियोजित रकमको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७.३९ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १७:०२