८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

क्यानडाविरुद्धको क्लिन स्वीपमा भीम सार्की र अनिल शाहको सतकीय योगदान

२९ माघ, काठमाडाैँ । नेपालले क्यानडाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ।  यसअघि सुरुवाती दुई खेल जितेर सिरिज कब्जा गरेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो।

नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्यो। नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्याए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।  अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १६:१६