१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

हितबहादुरलाई मन्त्री बनाउने प्रचण्डको संकेत, केही सातामा मन्त्रिपरिषद् हेरफेर हुने

२७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही सातामै मन्त्रिपरिषद् हेरफेर गर्ने बताएका छन । सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रमा प्रधानमन्त्रीले मन्त्रिपषरिद् पुनर्गठनको तयारी तीव्र भएको र केही सातामै त्यसले आकार ग्रहण गर्ने बताएका हुन ।

प्रधानमन्त्री दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता समेत व्यक्त गरे । प्रधानमन्त्रीको संकेत अनुसार नुवाकोट १ बाट प्रतिनिधिसभामा विजयी भएका हितबहादुर तामाङ मन्त्री बन्ने सम्भावना देखिएको छ । तामाङलाई यसअघि पनि पटक पटक झुक्याएको भन्दै तामाङ निकटहरूले भने मन्त्रीको सपथ नखाइ केही भन्न नसकिने बताउँदै आएका छन ।

यद्यपी प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा गएर योगेश भट्टराईलाई मन्त्री बनाउँछु भनेकै शैलीमा बागमती प्रदेशबाट तामाङ समूदायबाटै मन्त्री बनाउने उद्घोष गरेका हुन । उनले  सोनाम ल्होछार मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार २१:४४