२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बुबाको खोजीमा सहयोग गरिदिन स्मृतिको अपिल

२७ माघ, काठमाडौँ । पोखराका तेजराज ओझा हराएका छन । माघ २५ गते बिहान मर्निङ वार्कका लागि घरबाट निस्किएका तेजराज घर नफर्किएपछि परिवारले खोजीमा सहयोग गरिदिन सार्वजनिक अपिल नै गरेको छ । तेजराजको छोरी स्मृति ओझाले बुबाको सहयोगमा खोजी गरिदिन सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपिल गरेकी हुन ।

पोखरा महानगरपालिका वडा नम्बर ३० का स्थायी बासिन्दा तेजराज ट मर्निङ वाक गर्ने क्रममा सधैझैँ बिहान घरबाट निस्किए पनि घर नफर्किएपछि परिवारले खोजीमा सहयोग मागेको हो । परिवारका सदस्यले प्रहरीमा तेजराज हराएको सूचना समेत दिइसकेका छन । सो दिन उनले मर्निङ वार्कमा निस्किदाँ खरानी रंगको हुड्डी लगाएको परिवारले जनाएको छ ।

परिवारका सदस्यले देख्ने वा भेट्नेलाइ नजिकको प्रहरी चौकीमा वा परिवारका सदस्यको नम्बरमा सम्पर्क गरेर जानकारी दिन अनुरोध गरेको छ । तेजराज भेटिएका सम्पर्क गर्ने उनको परिवारको सदस्यको नम्बर 9864421938, 9856061850 र 9856035260 रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार १४:३६